नेपालमा वि सं 1968 (सन् 1911) देखि जनगणना कार्य शुरु भएको हो।
त्यसपछि प्रत्येक दश दश वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको छ।
वि सं 1998 सम्म सञ्चालन भएका जनगणना समान्य व्यक्ति गणना (Head Count ) का रुपमा मात्र सिमित थियो ।
विसं 2009/11 देखि सञ्चालन भएका जनगणनाहरू अन्तर्राष्ट्रियरुपमा तुलना योग्य आधुनिक (वैज्ञानिक) जनगणना मानिन्छ।
विसं 2018 पछिका सबै जनगणनाहरू केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्दै आएको छ।
नेपालमा विसं 2028 मा सञ्चालित सातौं जनगणनाको लागत प्रशोधनका लागि पहिलोपटक computer (ibm 1401) को प्रयोग गरिएको थियो।
विसं 2068 को राष्ट्रिय जनगणना नेपालको 11औँ र जनगणनाको इतिहासमा सय वर्षको जनगणना हो ।
2068 साल असार 8 गते लाई जनगणना दिवस (census day) मानिएको थियो ।
11 औं राष्ट्रिय जनगणना ,2068 विसं 2068 असार 3 गतेदेखि 13 गतेसम्म “ कोही नछुटुन् कोहि नदोहोरिउन “भन्ने नाराका साथ सम्पन्न भएको थियो ।
राष्ट्रिय जनगणना, 2068 को नतिजा विसं 2069 साल मंसिर 11 गते सार्वजनिक भएको थियो।
राष्ट्रिय जनगणना , 2068 को नतिजाको सारांश यस प्रकार रहेका छन
कुल जनसंख्या २,६४,९४,५०४
पुरुष १,२८,४९,०४१ (४८.५० प्रतिशत)
महिला १,३६,४५,४६३ (५१.५० प्रतिशत)
लैंगिक अनुपात ( sex ratio) ९४.१६(१००महिलामा ९४.१६ पुरुष)
जनसंख्या वृद्धिदर (वार्षिक) १.३५ प्रतिशत (२०५८ मा २.२५)
जनघनत्व १८० प्रतिवर्ग किलोमिटर
परिवार संख्या ५४,२७,३०२
काठमाडौं को जनसंख्या १७,४४,२४०
सहरी जनसंख्या ४५,२३,८२० (१७.०२ प्रतिशत)
ग्रामीण जनसंख्या २,१९,७०,६८४(८२.९३ प्रतिशत)
नेपालका बोलिने प्रमुख 123 वटा भाषाहरुमध्ये प्रमुख 10 मातृभाषाहरू :
भाषा बोल्ने जनसंख्या (२०६८)
नेपाली ४४.६ प्रतिशत
मैथली ११.७ प्रतिशत
भोजपुरी ६.० प्रतिशत
थारु ५.८ प्रतिशत
तामाङ ५.१ प्रतिशत
नेवार ३.२ प्रतिशत
बजिका ३.० प्रतिशत
मगर ३.० प्रतिशत
डोटेली ३.० प्रतिशत
उर्दू २.६ प्रतिशत
Thursday, August 23, 2018
नेपालको जनसंख्या ( Population of Nepal )
नेपालमा शिक्षाको विकास तथा शैक्षिक स्थिति
1. नेपालबाट एसएलसी परीक्षा दिने व्यवस्था कुन राणा प्रधानमन्त्रीले गरेका थिए ? जुद्धशमशेर
2. त्रिरत्न सौन्दर्य गाथा नामक कृतिको रचना कसले गरेका थिए? सुन्दरानन्द बाँडा
3. त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भएको थियो ? विसं 2016
4. दरबार हाईस्कूल पहिलो प्रधानध्यापक को हुन ? Mr. canning
5. सैनिक जवान टुहुरा बच्चाहरुलाई सैनिक शिक्षा दिने व्यवस्था कुन राजाले गरेका थिए? Prithvi narayan shah
6. नेपालमा शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना कहिले भएको थियो? विसं 2050
7. नेपालभरका विद्यालयमा नेपाली भाषाबाट पढाउने व्यवस्था कहिलेदेखि लागू गरियो ? विसं 2014
8. नेपालमा सर्वप्रथम खोलिएको त्रिविअन्तर्गतको निजी क्याम्पस कुन हो ? रत्नज्योति बहुमुखी क्याम्पस
9. नेपालमा खोलिएको निजी क्षेत्रको पहिलो विश्वविद्यालय कुन हो ? काठमाडौँ विश्वविद्यालय
10. अक्षराङ्क शिक्षा लेखाइ पाठ्यक्रमको सुरुवात कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ? देवशमशेर
11. संस्कृत शिक्षा दिन सरकारी तवरमा पहिलोपटक शिक्षक नियुक्ति गर्ने व्यक्ति को थिए? जनरल जीतजंग
12. नेपाली भाषामा आचार्य पास गर्ने पहिलो व्यक्ति को हुन्? भिक्षु अमृतानन्द
13. नेपालमा प्रथम जननिर्वाचित शिक्षामन्त्री को हुन् ? परशुनारायण चौधरी
14. नेपालमा विशेष शिक्षाको सुरुवात कहिले भयो ? विसं 2021
15. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भयो? विसं 2047 फागुन 14
16. सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको गठन कहिले भएको थियो? वि. सं 2018 baisakh 25
17. राष्ट्रिय शिक्षा आयोग 2049 को प्रतिवेदनअनुसार उच्चशिक्षामा कायम हुनुपर्ने त कुन-कुन हुन्? Ya स्नातक ,स्नातकोत्तर, एमफिल र PhD
18. आफ्नै निजी खर्चमा राजराजेश्वरी संस्कृति पाठशाला कसले खोलेका थिए ? जगतजंग
19. नेपालमा सरकारी स्वीकृति बिना नै खोलिएको पहिलो स्कूल कुन थियो ? महावीर स्कुल बाङ्गेमूढा
20. वि सं 2028 सालमा खारेज भएको शिक्षा विभाग को पुनगर्ठन कहिले भएको थियो ? विसं 2056
शाखा अधिकृत तयारी १.५ दिगो विकास
१. तलका भनाइहरू विचार गर्नुहोस्: I) दिगो विकास जनसहभागितामा आधारित विकास हो। II) दिगो विकासको अवधारणा १९८० को दशक देखि अवलम्बन गरिएको हो।...