Thursday, August 23, 2018

नेपालको जनसंख्या ( Population of Nepal )


 नेपालमा वि सं 1968 (सन् 1911) देखि जनगणना कार्य शुरु भएको हो।
 त्यसपछि प्रत्येक दश दश वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको छ।
 वि सं 1998 सम्म सञ्चालन भएका जनगणना समान्य व्यक्ति गणना (Head Count ) का रुपमा मात्र सिमित थियो ।
 विसं 2009/11 देखि सञ्चालन भएका जनगणनाहरू अन्तर्राष्ट्रियरुपमा तुलना योग्य आधुनिक (वैज्ञानिक) जनगणना मानिन्छ।
 विसं 2018 पछिका सबै जनगणनाहरू केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्दै आएको छ।
 नेपालमा विसं 2028 मा सञ्चालित सातौं जनगणनाको लागत प्रशोधनका लागि पहिलोपटक computer (ibm 1401) को प्रयोग गरिएको थियो।
 विसं 2068 को राष्ट्रिय जनगणना नेपालको 11औँ र जनगणनाको इतिहासमा सय वर्षको जनगणना हो ।
 2068 साल असार 8 गते लाई जनगणना दिवस (census day) मानिएको थियो ।
 11 औं राष्ट्रिय जनगणना ,2068 विसं 2068 असार 3 गतेदेखि 13 गतेसम्म “ कोही नछुटुन् कोहि नदोहोरिउन “भन्ने नाराका साथ सम्पन्न भएको थियो ।
 राष्ट्रिय जनगणना, 2068 को नतिजा विसं 2069 साल मंसिर 11 गते सार्वजनिक भएको थियो।
राष्ट्रिय जनगणना , 2068 को नतिजाको सारांश यस प्रकार रहेका छन
कुल जनसंख्या २,६४,९४,५०४
पुरुष १,२८,४९,०४१ (४८.५० प्रतिशत)
महिला १,३६,४५,४६३ (५१.५० प्रतिशत)
लैंगिक अनुपात ( sex ratio) ९४.१६(१००महिलामा ९४.१६ पुरुष)
जनसंख्या वृद्धिदर (वार्षिक) १.३५ प्रतिशत (२०५८ मा २.२५)
जनघनत्व १८० प्रतिवर्ग किलोमिटर
परिवार संख्या ५४,२७,३०२
काठमाडौं को जनसंख्या १७,४४,२४०
सहरी जनसंख्या ४५,२३,८२० (१७.०२ प्रतिशत)
ग्रामीण जनसंख्या २,१९,७०,६८४(८२.९३ प्रतिशत)


नेपालका बोलिने प्रमुख 123 वटा भाषाहरुमध्ये प्रमुख 10 मातृभाषाहरू :
भाषा बोल्ने जनसंख्या (२०६८)
नेपाली ४४.६ प्रतिशत
मैथली ११.७ प्रतिशत
भोजपुरी ६.० प्रतिशत
थारु ५.८ प्रतिशत
तामाङ ५.१ प्रतिशत
नेवार ३.२ प्रतिशत
बजिका ३.० प्रतिशत
मगर ३.० प्रतिशत
डोटेली ३.० प्रतिशत
उर्दू २.६ प्रतिशत

No comments:

Post a Comment

शाखा अधिकृत तयारी १.५ दिगो विकास

१. तलका भनाइहरू विचार गर्नुहोस्: I) दिगो विकास जनसहभागितामा आधारित विकास हो। II) दिगो विकासको अवधारणा १९८० को दशक देखि अवलम्बन गरिएको हो।...